नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC) को नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) मा आइतबार सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि सोमबार बुकक्लोज गर्ने भएसँगै नेप्सेले आइतबार बन्द भएको नेपाल लाइफको अन्तिम मूल्यलाई आधार मानेर सेयरमूल्य समायोजन गरेको हो ।

नेपाल लाइफको १४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १०८५.०९ रुपैयाँ निर्धारण गरिएको छ । आइतबार कम्पनीको १२३७ रुपैयाँमा अन्तिम पटक कारोबार थियो । यहि मूल्यमा १४ प्रतिशत बोनस समायोजन गरी मूल्य तोकिएको हो ।

नेपाल लाइफले लाभांश सहितका अन्य प्रस्तावहरु पारित गर्न चैत २१ गते होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे २१औं वार्षिक साधारण सभा डाकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।