एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

0
Shares

एनआईसी एशिया बैंकले समय अनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ ।

बैंकले २०७८ चैत्र १ देखि २०७९ वैशाख ३१ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहक महानुभावहरूले एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन ।

एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एप मार्फत आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहक महानुभावहरूले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाउन सकिने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एप बाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन ।

बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।