सेयर प्रिमियमबाट बोनस सेयर वितरण गर्दा पूँजी फिर्ता मान्न नमिल्ने

0
Shares

सेयर प्रिमियमबाट बोनस सेयर वितरण गर्दा पूँजी फिर्ता मानेर संस्थागत आयकर कर छुट दिन नमिल्ने देखिएको छ । पब्लिक कम्पनीले सेयर प्रिमियम आम्दानीबाट लाभांश वितरणको प्रक्रिया अनुसार पूँजी नघट्ने गरी बोनस सेयर वितरण गरेको मुनाफाको वितरण वा पूँजी फिर्ता मान्न नमिल्ने देखिएको हो ।

आन्तरिक राजस्व विभागले सेयर प्रिमियम आम्दानी गरेका कम्पनीको कर विवादको सन्दर्भमा निर्णय गर्दै आयकर ऐन २०५८ को दफा ५३ को उपदफा (क) अनुसार भुक्तानी मानी अन्तिम कर कट्टी विधिले कर लाग्ने निर्णय गरेको छ । सो निर्णयका कारण अर्बौं कर छली भएको भन्दै महालेखा परिक्षकले बेरुजु देखाएको छ।

महालेखा परीक्षकले देखाएको बेरुजुमा विभागको निर्णय नै गलत भएको भन्दै ठूला करदाताको कार्यालयबाट बारम्बार आएको संपरिक्षणको अनुरोध समेत अस्वीकार गरेको छ । विभागले आयकर ऐनको दफा ५३ को ‘क’ अनुसारको भुक्तानी मान्न निर्देशन दिएको छ । यस अनुसार निकायको कर दायlत्व देखिँदैन ।

त्यसका साथै प्रिमियमबाट बोनस सेयर वितरण गर्दा पूँजी फिर्ताको रुपमा पनि विश्लेषण गर्ने गरिएको छ । यस सन्दर्भमा आयकर ऐनकै दफा ५३ को उपदाफा ३ अनुसार मिल्दैन । उपदफा ३ मा निकायको सम्पत्ति तथा दायित्व घट्ने भएमा मात्र त्यसलाई पूँजी फिर्ता मान्न सकिन्छ । प्रिमियम आम्दानी गर्ने कम्पनीहरुले भुक्तानी वृद्धि गर्नका लागि बोनस सेयर जारी गर्ने प्रयोजनका लागि उक्त रकमको परिचालन गरेका छन् ।

तर, कम्पनीहरुले सेयर प्रिमियबाट बोनस सेयर वितरण गर्नका लागि लाभांशको रुपमा प्रक्रिया पूरा गरेका छन् । कम्पनीहरुले प्रिमियम आम्दानीबाट लाभांश दिँदा सञ्चालक समितिबाट निर्णय गराएका छन् । सोही बमोजीम सम्बन्धित नियामक निकायले पनि लाभांशको रुपमा नै वितरण गर्न स्वीकृति दिएको अवस्था छ । साथै कम्पनीको साधारण सभामा पनि लाभासंको रुपमा नै विषेश प्रस्ताव राखेर स्वीकृत गराएपछि मात्र वितरण गर्ने गरेका छन् ।

पूँजी फिर्ताका लागि पनि सो प्रक्रिया बमोजिम सञ्चालक समितिले लाभांश नभनि पूँजी फिर्ता भनेर निर्णय गरेको हुनुपर्छ । त्यसैगरी नियामक निकायले पनि सोही अनुसार कम्पनीको पूँजी फिर्ता गर्न अनुमति दिएको हुनुपर्छ । त्यसका साथै कम्पनीको साधारण सभाले पनि कम्पनीको पूँजी घटाउने गरी पूँजी फिर्ताको प्रस्ताव पारित गर्नुपर्छ । त्यसका साथै पूँजी फिर्ता गर्दा कम्पनीको चुक्ता पूँजी घट्नुपर्ने एक चार्टर्ड एकाउन्टेन्टले बताए ।

तर, सेयर प्रिमियमबाट भएको आम्दानीबाट बोनस सेयर वितरण गर्दा सेयरधनी कै पूँजी फिर्ता हुने भएकाले कर्पोरेट कर नलाग्ने भनिएको देखिन्छ । तर, कम्पनीको पूँजी फिर्ता भएपछि चुक्ता पुँजी घट्नु पर्नेमा बढेको अवस्था भन्दै उनले त्यसलाई कसरी पूँजी फिर्ता भन्ने प्रश्न गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।