ग्रेट वाल मोटरको हाभल ‘एच सिक्स’ लाई फाइभ स्टार

0
Shares

ग्रेटवाल मोटर्स अन्तर्गतको हाभल ब्राण्डले उत्पादन गरेको एच सिक्स मोडलले आसियन एनक्यापले गरेको क्र्यास टेष्टमा फाइभ स्टार रेटिङ पाएको हो ।

जिडब्लुएम पिक–अप पजवर पछि यस्तो उच्च मूल्याङ्कन प्राप्त गर्ने एचसिक्स जिडब्लुएम को दोस्रो गाडी हो ।

हाभल एच सिक्सले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत र चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८ प्रतिशत अंक पाएको थियो । साथै, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३ प्रतिशत र सेफ्टी असिस्टमा ८१ प्रतिशत अंक पाएको थियो ।

ग्रेट वाल मोटर नेपालले हाभल एचसिक्स हाभल जोलायन र पोअर जस्ता ग्लोवल मोडेल बिक्री गर्दै आएको छ । भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो । हाभल चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा बिक्री वितरण हुँदै आएको छ ।

२०२५ सम्ममा विश्वबजारमा ४० लाख सवारी साधन बिक्री गर्ने लक्ष्यलाई पछ्याउँदै यो कम्पनी आफ्नो बिक्रीको ८०% भन्दा बढी हिस्सा नयाँ उर्जाका सवारी साधनहरुको हुने अपेक्षा राखेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।