जलविद्युत विकासमा नेपाल भारतका निजी क्षेत्रको लगानी र सहकार्यमा जोड दिन भारतका लागि नेपाली राजदुत शर्माको ध्यानाकर्षण


विद्युत उत्पादकहरुले नेपाल र भारतको निजी क्षेत्रका संयुक्त लगानी र सहकार्यमा प्रभावकारी भूमिका निर्वाह गरिदिन भारतका लागि नवनियुक्त नेपाली राजदुत डा. शंकर शर्मासँग आग्रह गरेका छन् । बुधबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) का पदाधिकारीले राजदुत शर्मासँग भेट गरी यस्तो बताएका हुन् ।

इप्पानको कार्यालय कमलादीमा बुधबार भएको भेटका क्रममा नेपाल र भारतको उर्जा बजारका सम्भाव्यताका विषयमा समेत छलफल भएको थियो ।

राजदुत शर्मासँगको छलफल उपलब्धीमूलक भएको बताउँदै इपान अध्यक्ष कृष्णप्रसाद आचार्यले शर्माको कार्यकालमा नेपालले भारतीय बजारबाट जलविद्युतमा लाभ लिन सक्ने वाताबरण बन्ने विश्वास व्यक्त गरे ।

राजदुत शर्मासँगको भेटका क्रममा इपानका पदाधिकारीहरुले शर्माको कार्यकालमा नेपाल र भारतको उर्जा ब्यापार नयाँ शीराबाट बिकास भएर ऐतिहासिक फड्को मार्न सक्ने बिस्वास ब्यक्त गरेका थिए । सो अबसरमा नेपालको जलबिद्युतको बिकासका लागि बिद्युत उत्पादन र ब्यापारमा नेपाल र भारतको निजी क्षेत्रको संयुक्त लगानी र सहकार्यको आवश्यकता रहेकोबारे राजदुत शर्माको ध्यानाकर्षण गराइएको थियो । त्यस क्रममा राजदुत शर्माले नेपालको उर्जा क्षेत्रको बिकासलाई आफूले उच्च प्राथमिकतामा राखेको बताउँदै यसका लागि भारतीय सरकारी र निजी क्षेत्र दुबैसँग सहकार्यको बाताबरण निर्माण गर्न पहल गर्ने आश्वासन इपान पदाधिकारीलाई दिएका थिए ।

सो अबसरमा इप्पानका तर्फबाट अध्यक्ष कृष्णप्रसाद आचार्यले छिमेकी मुलुक भारतको लागि राजदुत नियुक्त भएका शर्मालाई बधाई दिएका थिए । इपान अध्यक्ष आचार्य, निवर्तमान अध्यक्ष शैलेन्द्र गुरागाई, पूर्बअध्यक्ष कुमार पाण्डे, सुबर्णदास श्रेष्ठ, उपाध्यक्ष गणेश कार्की, सदस्य उत्तम ब्लोन लामा, प्रकाश दुलाल लगायतले पनि शर्मालाई बधाई दिएका थिए । उनीहरुले शर्मा राजदुत नियुक्त भएसँगै समग्र उर्जा क्षेत्रमा ठूलो आशा, बिस्वास र अपेक्षा जागृत भएको भन्दै सोही अनुसार वाताबरण बनाउन शर्मालाई आग्रह गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।