उद्योगमा विद्युत कटौती गरेको भन्दै उद्योग परिसंघ १ नम्बर प्रदेशद्धारा प्राधिकरणको ध्यानाकर्षण


औद्योगिक क्षेत्रमा केही दिनदेखि विद्युत प्रशारण अबरुद्ध हुँदा नेपाल विद्युत प्राधिकरणले ध्यान नदिएको भन्दै नेपाल उद्योग परिसंघ १ नम्बर प्रदेशले विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

परिसंघका अध्यक्ष भिम घिमिरेद्धारा जारी विज्ञप्तिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्बोधन गर्दै लगातार बिधुत नहुदा उत्पन्न भएको भयावह स्थिति प्रति बिधुत प्राधिकरण सहित सरकारका सम्बन्धित पक्षहरु सम्बेदनशील हुनु पर्ने र नेपालमा उर्जाको क्षेत्रमा बिधुत प्रणाली र बिधुत आपूर्ति तथा वितरण प्रणालीमा दुरदर्शिता एवं दिर्घकालिन सोच नपुगेकोले समस्या आएको उल्लेख गरिएको छ । ‘सानो प्राकृतिक प्रकोप तथा बाह्य प्रभावमा हामीले ठुलो नोक्सानी र कठिन अवस्था बाट गुज्रिनु पर्ने स्थिति हुने गरेको छ र तसर्थ हाल उत्पन्न समस्याको समाधान तत्काल निकाल्न हामी गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको औद्योगिक क्षेत्र लगातार विभिन्न दुर्घटनाका शिकार बन्न गइ मुलुकको आर्थिक अवस्था तहस नहस भइसकेको भन्दै परिसंघले लगातार प्राकृतिक प्रकोप बाट गुज्रिएको मुलुकलाइ बिगत २ वर्ष देखि कोभीडले गरेको असरमा सरकार लगायत सम्बन्धित पक्षबाट समेत कुनै मलम पट्टि नभएको उल्लेख छ । त्यसमा बैंकका आफु खुसि ब्याज प्रणालीले औद्योगिक क्षेत्र डुब्न लागिसकेको अवस्थामा छन् हाल आएर अर्को बज्रपात औद्योगिक क्षेत्रको बिद्युत कटौती बन्न पुगेको र यो राज्य द्वारा सृजित भारको रुपमा लिन निजि क्षेत्र बाध्य भएको विज्ञप्तिमा उल्लेख छ, ‘बिधुत अभावमा उद्योग हरु बन्द गर्नु पर्ने अवस्था आएमा उद्योगको ताला चाबी सरकारलाई नै बुझाएर बस्नु पर्ने अवस्थाको सृजना नहोस भन्ने हाम्रो चाहना र अनुरोध पनि रहेको छ ।’

यस सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरुको विरोधाभासपूर्ण बयान आश्चर्यजनक रहेको भन्दै परिसंघले नेपालमा बिधुत उत्पादन माग भन्दा बढी भएको र खेरगइ रहेको भन्ने भनाइहरु, उर्जा फलाफाल रहेकोले उद्योग खोल्न सुबिधा दिने जस्ता कुरा समेत भइरहेका बेला नेपालले भारतबाट खरिद गरेको बिधुत हाल अबरुध्द हुनुमा कटैया प्राबिधिक समस्या भएको सम्बन्धित अधिकारीहरुले जानकारी गराए पनि वास्तविकता अर्कै भएको परिसंघले दाबी गरेको छ ।

समयमै नेपाल बिधुत प्राधिकरण, बिधुत बोर्ड नेपाल सरकार ले उचित निर्णय नलिदा गम्भीर समस्या उत्पन्न भएको भन्दै परिसंघले औद्योगिक क्षेत्र अन्धकार हुदा नेपालमा फालाफाल भनिएको बिद्युत कहा छ भनेर प्रश्न गरेको छ ।

‘मुलुकका मुख्य औद्योगिक शहर लगायतका प्रदेश नं १ का जिल्लाहरुमा बिधुत आपूर्ति बन्द भएको फलस्वरूप उद्योग हरुले प्रत्यक्ष करोडौको क्षति व्यहोर्नु परेको छ भने सर्बसाधारणको जन जीवन अस्तव्यस्त, सिनियर सिटिजन तथा दिर्घरोगीहरुको स्वास्थ्य सुरक्षामा जटिलता र अस्पताल तथा दैनिक बैकिंग कारोबार मा समेत पूर्ण अबरोध हुने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

विद्युत कटौतीकै कारण उद्योग बन्द गर्नु पर्ने परिस्थिति आउदा लाखौ कामदार बेरोजगार हुने, राज्यको आर्थिक सामाजिक क्षेत्र समेतमा प्रत्यक्ष नकरात्मक प्रभाव पर्ने तर्फ ध्यानाकर्षण गराउदै परिसंघले अबिलम्ब कुटनैतिक माध्यमबाट बार्ता छलफल गरि नेपालले मित्रता, समझदारी एवं सम्झौता अनुसार यस अघि पाई रहेको परिमाणको बिधुत साबिक बमोजिम नै आपूर्तिको ब्यबस्था मिलाउन अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।