एनबिआई र एभरेष्ट बैंकीबीच “अपरेशन रिस्क मेनेजमेन्ट सिस्टम” मा सहकार्य

0
Shares


नेशनल बैंकिङ्ग इन्ष्टिच्युट एनबिआईसँग एभरेष्ट बैंकले “अपरेशन रिस्क मेनेजमेन्ट सिस्टम ” सफ्टवेयर लिने सम्झौतामा गरेका छन । सम्झौता अनुसार एनबिआईले अपरेशनल रिस्क मेनेजमेन्ट सफ्टवेयर उपलब्ध गराउने छ ।

यो सफ्टवेयरले तथ्याङ्कहरुको आन्तरिक नोक्सानीहरुको सूचना उपलब्ध गराउन मद्वत गर्ने साथै बैंकमा हुन सक्ने महत्वपूर्ण जोखिम संकेत र तिनीहरुको नियन्त्रण, विश्लेषण र व्यवस्थापन गर्न सहजीकरण गर्ने बैंकले जनाएको छ । यो सफ्टवेयरले बासेल–३ बमोजिमका संचालन जोखिमहरुलाई नियन्त्रण गरी व्यवस्थापन गर्दछ ।

यो सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र एनबिआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत खालिङ्गले एनबिआइले यस्ता किसिमका बैंकिङ्ग व्यवस्थालाई मजबुत र सुरक्षित गराउने उपयोगी औजारहरुको खोज र विकास गरि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।