एनएमबि बैंकको ‘बित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न

0
Shares

एनएमबि बैंक गैंडाकोट शाखाले आफना कर्मचारी तथा ग्राहकहरुको सहभागितामा गैंडाकोट–४, दर्शनचोकमा “बित्तीय साक्षरता कार्यक्रम” सम्पन्न गरेको छ ।

कञ्चन आमा समुहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेललले बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजीटल बैंकिङ्गका साथै बैंकको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

उक्त आमा समुहको तर्फवाट निबर्तमान अध्यक्ष शान्ता भुजेलले एनएमबि बैंकले, आउँदा दिनहरुमा पनि यस्ता बित्तीय साक्षरता सम्बन्धि विभिन्न कार्यक्रमहरुको आयोजना गरी समुहलाई अझ शसक्त बनाइदिनेछ बिश्वास व्यक्त गरिन् ।

बैंकले सर्बसाधारणलाई बैंकिङ्ग तथा बित्तीय साक्षरता सम्बन्धी सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको र यस एनएमबि बैंकेले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुच पु¥याउने उद्देश्यले एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।