प्रि ओपनिङमा बीमा कम्पनीको सेयर मूल्यमा वृद्धि


आइतबार प्रिओपन सेसनमा बीमा कम्पनीहरुको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । कारोबारमा आएका १७ कम्पनीहरुमा १४ बीमा कम्पनी रहेका छन् भने नेपाल टेलिकम, घलेम्दी हाइड्रोपावर, इमर्जिङ नेपाल लगायतको पनि सेयर कारोबार भएको छ ।

ज्योति लाइफको सेयर मूल्य स्थिर रहेको बजारमा घलेम्दीको सेयर मूल्य घटेको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्यमा फराकिलो अन्तरको सुधार आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।