आइतबारसम्म सेयर किन्नेले मात्र अपि पावरको हकप्रद पाउने


अपि पावर कम्पनीले चैत १४ गते हकप्रद सेयर निष्काशन गर्नका लागि बुकक्लोज गर्दैछ । आज चैत १३ गतेसम्म सेयर किन्नेहरुले मात्र अपि पावरको हकप्रदमा आवेदन दिन पाउने छन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३९.३६ प्रतिशतले हुने १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्काशन गर्नेछ ।

कम्पनीको हकप्रद सेयर निष्काशनको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।