नासा सेक्यूरिटिजले निशुल्क भिडियो टुटोरियल उपलब्ध गराउने


स्टक ब्रोकर नम्बर ५८ नासा सेक्यूरिटिजले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नोबाट शेयर कारोवार गरिरहेका र भविष्यमा कारोवार गर्ने सम्पुर्ण लगानीकर्ताहरुलाई जानकारीमुलक भिडियोहरु निशुल्क उपलब्ध गराउने भएको छ ।

शेयर बजार र कारोबारसँग सम्बन्धित विविध विषयको ज्ञान दिने हेतुले विशेष जानकारी मुलक भिडियो टुटोरियल निशुल्क उपलब्ध गराउन लागिएको नासा सेक्युरिटिजले जनाएको छ ।

१ हजार ४९९ रुपैंया पर्ने उक्त भिडियो टुटोरियल आफ्ना सेवाग्राहीलाई निशुल्क उपलब्ध गराउन लागेको विज्ञप्तिमा उल्लेख छ । मेरो स्कूलसँगको सहकार्यमा सोही एप मार्फत अनलाइन वा अफलाइनमा निशुल्क अध्ययन गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

अध्ययन सामाग्रीहरु निःशु्ल्क रुपमा प्राप्त गर्नका लागी चाहिन डिस्काउण्ट भौचर कोड तथा अन्य जानकारी इमेल मार्फत सबै ग्राहकलाई पठाई सकिएको नासा सेक्युरिटिजले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।