प्राइम लाइफ इन्स्योरेन्सको उपशाखा कास्कीको लेखनाथमा

0
Shares

प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन ।

कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बिमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको जनाएको छ । कार्यालय विस्तारबाट अझ बढी सर्वसाधारणको पहुँचमा बिमा सेवा पु¥याउन, सर्वसाधारणलाई जीवन बिमाको महत्व बुझाउन र बिमितले सहज रुपमा सेवा प्राप्त गर्ने वातावरण बनाउन सहज हुने कम्पनीको अपेक्षा छ ।

सो अवसरमा सिइओ भट्टराईले कम्पनी आफ्ना प्रडक्ट र सेवालाई डिजिटलाइज गर्दै डिजिटल प्राइमलाइफ बन्ने लक्ष्यमा अघि बढिरहेको बताए । यसले बिमितलाई घरैमा बसेर बिमालेख खरिद गर्न र सुरक्षित रुपमा बिमा शुल्क भुक्तानी गर्न मदत गर्ने उनले बताए ।

उनले हालको परिस्थितिमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिनुपर्नेमा पनि जोड दिए । सिइओ भट्टराईले लेखनाथ कार्यालयलाई बिमा शुल्क उठाउनेमा मात्र सीमित नराखी बिमासम्बन्धी जागरण फैलाउने काममा पनि परिचालन गर्ने बताए ।

आगामी दिनमा कम्पनीले ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्दै जाने प्रतिबद्धता जनाउनुभएका सिइओ भट्टराईले कम्पनीले ग्राहकमैत्री सेवामा जोड दिएकै कारण उनीहरुमा कम्पनीको सेवाप्रति सन्तुष्टिको स्तर बढिरहेको उनको भनाई थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।