प्रुडेन्सियल इन्स्योरेन्सको सभा बैशाख ११ गते, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कर्पोरेसन लिमिटेड (PICL) ले २०७९ बैशाख ११ गते २० औं वार्षिक साधारण सभा बोलाएको छ ।

इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले बैशाख ११ गते दियालो लर्डस पर्सा, वीरगञ्जमा दिँउसा १२ः३० बजे वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सभाले गत आव २०७७।७८ को नाफाबाट प्रस्तावित चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद गरी कूल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत्र २४ गते बिहीबार एक दिन सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार चैत्र २३ गते बुधबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रस्तावित बोनस सेयर पारितपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा भने घटी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तुलनामा ८.४२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।