मुक्तिनाथ विकास बैंकद्धारा आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्नका लागि सहयोग

0
Shares

मुक्तिनाथ विकास बैंकले काभ्रे स्थित काठमाण्डौं विश्वविद्यालय हाईस्कूललाई विद्यार्थीहरुद्धारा आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्नका लागि ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

काठमाण्डौं विश्वविद्यालय हाईस्कूल र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनेपाको विद्यालयहरुमा अध्ययन गर्ने १२ जना विद्यार्थीहरु यस आईयू क्यूबस्याटस् स्याटेलाईटको निर्माण कार्यमा जुटेका छन् । सोही स्याटेलाइटको निर्माण सक्ने र अन्तरिक्षमा उडान गरिने कार्य २०२३ साल सम्म गरिने छ ।

बैंकले काठमाण्डौं विश्वविद्यालय हाईस्कूललाई यसै आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण कार्यको विभिन्न खर्चहरुको प्रबन्ध गर्नेका लागि एक कार्यक्रम बीच सहयोगका लागि ७५ हजार रुपैयाँको (चेक) हस्तानतरण गरेको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रमुख– बजारीकरण प्रबद्रधन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी, र अन्य कर्मचारीहरुको उपस्थिति तथा काठमाण्डौं विश्वविद्यालय हाईस्कूलको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्न जुटेका सबै विधार्थीहरु र संस्थाहरुलाई मद्दत हुने र अन्य विद्यार्थीहरुलाई समेत विज्ञान विषय प्रति अझ रुचि बढाउन प्रोत्साहन पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।