लगानी अभिवृद्धि र व्यापार सहजीकरण गर्न भारतसँग प्रधानमन्त्री देउवा र निजी क्षेत्रको आग्रह


नेपालमा भारतीय लगानी बढाउन र भारततर्पmकोे निर्यात सहजीकरणका लागि सरकार र निजी क्षेत्र दुवैले भारतसंग आग्रह गरेका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका क्रममा शनिबार भारतको नयां दिल्लीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन आपूm सधै तयार रहेको बताएका हुन् ।

कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने वताउदै देउवाले त्यसका लागि वातावरण वनाउने वताएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भ्रमणका क्रममा भएको सम्झौताले विद्युत आदान प्रदान र रेल सेवा संचालनमा सहयोग पुग्ने उनले बताए ।

कन्फिडरेसन अफ इन्डियन इन्डिष्ट्रिज (सिआईआई) ले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा महासंघ अध्यक्ष शेखर गोल्छाले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको वताए । पछिल्ला बर्षहरुमा भारतीय लगानी घटिरहेको छ, गोल्छाले भने, यसलाई बढाउन निजी क्षेत्रको के कस्तो सहयोग चाहिन्छ हामी गर्न तयार छौ । सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्ष समेत स्थापना भएको
छ ।

गोल्छाले पर्यटन क्षेत्रमा सम्भावना बढदै गएको पनि वताएका थिए । पहिले घुम्न आउनोस, त्यसपछि लगानी गर्नुहोस, अनि आम्दानी पनि गर्नुहोस, उनले भने । अबको दुई बर्षमा अहिलेको पर्यटन पुर्वाधारले नपुग्ने र सरकारी नीतिका कारण यस क्षेत्रमा लगानी सहज भएको पनि गोल्छाले वताए । नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेको पनि उनले बताए ।

नेपाल भारतका लागि नवौ ठूलो निर्यात गन्तव्य भएको सन्दर्भ प्रस्तुत गर्दै अध्यक्ष गोल्छाले नेपालले पनि भारतमा निर्यात बढाउन खोजिरहेको वताए । नेपालको भारततर्पm र तेस्रो मुलुकको निर्यातमा भारतले सहजीकरण गरिदिनुपर्छ, उनले भने । नाकामा पुर्वाधार सुधार र गैर भन्सार अवरोध हटाउनुपर्नेमा गोल्छाले जोड दिएका थिए । कृषिजन्य उत्पादनको निर्यातका लागि समान गुणस्तरको ल्याब स्थापना गरि एक अर्काको देशमा मान्यता दिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा सिआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने वताएका थिए । सिआईआईको उर्जा संयन्त्र नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनले बताए । कृषिजन्य वस्तुको निर्यातमा गुणस्तरीयता कायम गर्न पनि भारतले सहयोग गर्न सक्ने उनले बताए ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले नेपाल भारतबीचको संयुक्त व्यवसायिक फोरमको बारेमा जानकारी गराएकी थिइन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुसिल भट्टले लगानीका लागि भइरहेको प्रयासबारे जानकारी गराएका थिए ।
कार्यक्रममा करिब ३० वटा भारतीय वहुराष्ट्रिय कम्पनीको सहभागिता थियो । करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको सम्भावना बारे चासो र अनुभव आदान प्रदान गरेका थिए ।

यसअघि, महासंघ र सिआईआईका पदाधिकारीहरु बीच द्धिपक्षीय छलफल भएको थियो । जसमा दुई संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल भारत लगानी एवं व्यापार सहजीकरणका बिषयमा छलफल भएको थियो । छलफलमा प्रतिनिधिमण्डलको नेतृत्व महासंघका अध्यक्ष गोल्छा र सिआईआई प्रतिनिधिमण्डलको नेतृत्व अध्यक्ष नरेन्द्रमले गरेका थिए ।

सिआईआई अध्यक्ष नरेन्द्रमले नेपालमा लगानी सम्मेलन आयोजना गर्न र भारतका विभिन्न शहरहरुमा रोड सो आयोजना गर्न सहकार्य गर्ने वताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।