नेपाल व्यवस्थापन संघको आयोजनामा सीइओ सम्मेलन २०२२ हुने

0
Shares


नेपाल व्यवस्थापन संघको आयोजनामा पहिलो पटक सीइओ सम्मेलन २०२२ हुने भएको छ । संघले यहि २५ चैतमा होटेल याक एन्ड यतीमा सम्मेलनको आयोजना गर्ने भएको हो ।

उक्त सम्मेलनमा विभिन्न क्षेत्रमा कार्यरत करिब तीन सय सिइओको सहभागिता रहने संघले जनाएको छ । संघका अनुसार सम्मेलनमा सातवटा फरक–फरक क्षेत्रमा सञ्चालन हुने हरेक सेसनमा चारजना वक्ता र एकजना सहजकर्ता सहित ३५ जना विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता हुनेछ ।

संघले बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलन गर्न लागिएको जनाएको छ ।

त्यस्तै, संघले चैत २६ मा राष्ट्रिय व्यवस्थापन महाधिवेशन तथा राष्ट्रिय व्यवस्थापन पुरस्कार समारोहको पनि आयोजना गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

नेपाल व्यवस्थापन नाफारहित गैह्रराजनीतिक, सामाजिक एवं व्यवस्थापकहरूको छाता संगठन हो । संघले विभिन्न रचनात्मक गतिविधिका माध्यमबाट राष्ट्रिय विकासमा टेवा पु¥याउँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।