लक्ष्मी केयर्सको साइकल र्‍यालीमा उत्साहजनक सहभागिता

0
Shares

लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गैर नाफमूलक संस्था लक्ष्मी केयर्सले “अरेन्ज लभ्स ग्रिन” अभियान अन्तर्गत वार्षिक साइकल र्‍यालीको १२औं संस्करण चैत्र १९ गते शनिबार काठमाण्डौंमा आयोजना गरेको छ ।

टुँडिखेल स्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकलयात्रीको सहभागितामा सुरु भएको सो र्‍याली १३ किलोमिटरको दूरी पार गर्दै गोकर्ण फरेस्ट रिसोर्टमा गई सम्पन्न भएको थियो ।

र्‍यालीपश्चात विभिन्न पेशा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १००० भन्दा बढी हितैषिको उपस्थितिमा १९७४ एडि ब्यान्डको सांगितिक प्रस्तुति लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम लक्ष्मी बैंकको २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको थियो ।

लक्ष्मी केयर्सले उज्यालो अभियान अन्तर्गत जनचेतना अभिवृद्वि एवं विभिन्न सांस्कृतिक तथा सार्वजनिक स्थानलाई वातावरण मैत्री प्रविधिबाट उज्यालो बनाउने उद्देश्यका लागि रकम संकलन गर्ने प्रयोजनसहित साइकल र्‍याली कार्यक्रमको आयोजना गर्दै आएको छ ।

सो अभियान अन्तर्गत यसअघि लक्ष्मी केयर्सले बागमति पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।