डाबर नेपालकाे ‘रियल म्याङ्गो पेट’ बजारमा

0
Shares

फ्रुट जुसको विधामा बजारकै अग्रणी डाबर नेपालले रियल म्याङ्गो पेट बजारमा ल्याएको छ । रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

डाबर नेपालका व्यवसाय प्रमुख एचएस बेदीले नेपाली उपभोक्तालाई नवीनतम उत्पादनबाट खुसी राख्ने प्रयासकै यो एउटा उपज रहेको बताए ।
डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्र. गोर्खालीले जुस बजारमा अग्रणी भएको नाताले प्याकेजिङलाई विस्तारित गरी नयाँ आकर्षकस्वरुप– पेट बोतलमार्फत पारखी नेपाली उपभोक्ताहरुमाझ पस्किएको बताए । मुखै रसाउने स्वादिलो फ्रुट जुस प्रदान गर्नु आफ्नो दायित्व पनि रहेको उनको भनाई छ ।

गोर्खालीले भने, ‘रियल पेट बोतलको लन्च गहन बजार अनुसन्धानको प्रतिफल हो, जहाँ उपभोक्ताको पेट बोतलप्रतिको लगाव ज्यादै उच्च थियो । आकर्षक मूल्य र गुणस्तरीय उत्पादनका साथ प्रस्तुत गरिएको रियल म्याङ्गो पेटका साथ हामीले बजारका अन्य साधारण सफ्ट ड्रिङ्क्स (जो त्यति स्वास्थ्यवद्र्धक मानिदैन) को केही मार्केट सेयर लिने लक्ष्य लिएका छौं ।’

रियल पेटलाई टेस्ट द फन ट्यागलाइनका साथ स्वादिलो, टेस्टी र फन जुसका रुपमा परिचित गरिएको छ । यसलाई अन द गोमै हुने युवाहरुप्रति लक्षित गरिएको छ। नयाँ पेट २०० एमएल, ५०० एमएल र १ लिटर बोटलमा क्रमशः ३५, ८५ र १५० रुपैयाँमा उपलब्ध छ ।

अभिनेत्री आँचल शर्मा र गायक सुशान्त केसीलाई मिलेनियलहरुसँग कनेक्ट भएको कारणले ब्रान्डले सेलिब्रटी अनुमोदनकर्ताका रुपमा लिएको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।