एनएमबिको विस्तारीत काउण्टर हिमालय सुगर मिल्समा, किसानहरु उत्साहित

0
Shares


एनएमबि बैंकले किसान तथा सर्वसाधारण सेवाग्राही हरुलाई सहज होस भन्ने उद्देश्यले नरहा–३, सिरहा स्थीत हिमालय सुगर मिल्स परिसरमा ११ औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ ।

हिमालय सुगर मिल्सको तर्फबाट महा–प्रवन्धकद्वय अवध किशोर यादव र एस एन कुशवाहा, एनएमबि बैंक लि.का मधेश प्रदेश प्रमुख कमल पोखरेलले गत सोमबार हिमालय सुगर मिल्स परिसरमा विस्तारित काउण्टरको विधिवत उद्घाटन गरेका हुन ।

उक्त काउन्टरको स्थापना पूर्वनै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको छ ।

बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता पनि गरिसकेको छ ।

सो कार्यक्रममा बैंकका प्रदेश प्रमुख पोखरेलले नीजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा यस भेगकै प्रतिष्ठित चिनी मिलले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै अव यस विस्तारित काउन्टरबाट नगद रहीत सेवा लिन अनुरोध गरेका छन् ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले यस लगायत हाल देशभरी ११ एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।