ट्वीटरका ठूला सेयर होल्डर एलन मक्स सञ्चालक समितिमा नबस्ने

0
Shares

सामाजिक सञ्जाल ट्वीटरको सर्वाधिक ठूला सेयर होल्डर एलन मक्सले ट्वीटर सञ्चालक समितिको प्रतिनिधित्व नगर्ने भएका छन् ।

आफूलाई स्वतन्त्र वक्ता र ट्वीटरको आलोचक भन्न रुचाउने एलन मक्सले अप्रिल ४ मा आफूले ट्वीटरको कुल सेयरको ९.१ प्रतिशत हिस्सा खरिद गरेको जानकारी दिएका थिए ।

ट्वीटरको सञ्चालक समितिमा उनको नियुक्ति शनिबार हुने बताइएको थियो तर त्यहि बिहान एलनले समितिमा सामेल नहुने बताएका थिए । ट्वीटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले आइतबार राति मक्सले ट्वीटरको सञ्चालक समितिको प्रतिनिधित्व नगर्ने भनी ट्वीट गरेका छन् ।

अग्रवाल ट्वीटरमा लेख्छन् , “जे भइरहेको छ, मलाई लाग्छ त्यो सबैको राम्रोको लागि भइरहेको छ । सेयरहोल्डरहरुले सञ्चालक समितिको बोर्डमा संलग्न भएपनि नभएपनि हामीहरुले उहाँहरुको महत्वपूर्ण योगदानको सदैव कदर गछौँ । एलन हाम्रो सर्वाधिक ठूलो सेयरहोल्डर रहेका छन् र उनले कम्पनीमा दिन सक्ने योगदानको लागि हामी खुल्ला रुपमा स्वागत गछौँ ।” उक्त ट्वीटलाई मक्सले हातले मुख छोपेको इमोजीले रिट्वीट गरेका छन् । यसका अलावा मक्सले कुनै जवाफ दिएका छैनन् ।

सन् २०२१ सम्मको ट्वीटरको नेट वर्थ १४ अर्ब ६ करोड अमेरिकी डलर रहेको छ । एलनले ट्वीटरको २ अर्ब ३ करोड अमेरिकी डलरमा कुल सेयरको ९.१ प्रतिशत अर्थात ७ करोड ३४ लाख ८६ हजार ९ सय ३८ सेयर कित्ता किनेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।