मेरोमाइक्रोफाइनान्सद्धारा नुवाकोट र रसुवाका सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण

0
Shares

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले नुवाकोट र रसुवाका समुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

बेलकोटगढि नगरपालिकाको कल्याणिदेबि माध्यामिक विद्यालयका ६० जना,  बागेश्वरी प्राथमिक विद्यालयका ५० जना त्यस्तै बिदुर नगरपालिकाको आगापुटार स्थित शुलक्षणा माध्यमिक विद्यालयका १०८ जना विद्यार्थिहरु लाभान्वित भएका थिए ।

त्यस्तै रसुवाको उत्तरगया गाउपालिका मनिगाउँ स्थित भुवनेश्वरी आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरुले आइतबार र सोमबार प्रति विद्यार्थी एक दर्जन कापी , पेन्सिल र झोला शैक्षिक सामाग्री वितरण गरिएको हो ।

‘कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दा विद्यार्थीहरुको मनोबल बढ्नुको साथै ग्राहक, समाज र संस्थाबिच आत्मीय सम्बन्धमा बढावा हुने’ संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले बताए ।

संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा विभिन्न सामाजिक चेतनासम्बन्धी क्षेत्रमा सहयोग पुर्याउँदै आएको फाइनान्सले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रहरु गर्दै जाने बताए ।

मेरोमाइक्रोफाइनान्स नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत करिब २ लाख भन्दा बढी गरीब तथा विपन्न घरपरिवारहरुलाई सामाजिक तथा आर्थिक कृयाकलापमा सहयोग पुग्ने उद्देश्यका साथ विभिन्न लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।