एनआईसी एशिया बैंकको नयाँ वर्ष योजनाः डिजिटल किनमेलमा २० प्रतिशतसम्म छुट

0
Shares

एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७९ को अवसरमा वभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।

यस आकर्षक योजना अन्तर्गत दराज बाट २०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म, स्स्तोडिलबाट २०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म र ग्यापुबाट २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुने बैंकले जनाएको छ ।

त्यसैगरी सिजी एलजी डिजिटलबाट २०७८ चैत्र ३० का नि २० हजार भन्दा बढीको सामग्री खरिद गरी यस बैंकका ग्राहकले पोस तथा ई–कमर्श मार्फत भुक्तानी गर्दा २ हजार ७९ रुपैयाँ नगद फिर्ता हुने योजना समेत बैंकले ल्याएको छ ।

देशमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त ई-कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट व्यवस्था गरेको हो ।

यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आईसर्भ मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्ने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।