सेगवे-नाइनबटको ईलेक्ट्रिक स्कुटर ई–१२५ नेपालमा, मूल्य ३ लाख ९१ हजार

0
Shares

छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबटले आज नेपालमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ ।

कम्पनी आजबाट नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नेपालमा सेगवे ई–१२५ को विक्री यही चैत १९ देखि वारेन्टी सहित शुरु भईसकेको छ ।

नेपालमा नाईनबटका लागि आधिकारिक बिक्रेता आईहव प्रा.लि ले भविष्यमा सेगवेका अरु लोकप्रिय मोडलहरु पनि सार्वजनिक गर्ने बताएको छ । सेगवे विश्वव्यापी रुपमा लोकप्रिय र उच्च विक्री हुने ई–स्कुटर रहेको कम्पनीले दावी गरेको छ ।

आई पि एक्स ५ वाटरप्रुफ सेगवे यो स्कुटर पानीमा पनि सजिलै चलाउन सकिन्छ । यो स्कुटरको नेपाली मूल्य ३ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

यो ईलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने सकिन्छ । साथै ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ अविष्कार र सेन्सरहरुले सुसज्जित छ । प्रगतिशील एन्टी थेप्ट सिस्टम स्कुटरको पूर्ण शरीरमा राखिएको छ ।

प्रति घण्टा ७५ कि.मी. सम्म कुद्ने सेगवे ई–१२५ मा अधिकतम २ हजार ४०० वाट बोस्च ईलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएम को अधिकतम टर्क उपलब्ध गराउँछ ।

यसका साथै ड्राइभिङ दायराका लागि ७४ भि र २७ ए एच लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय ५–६ घण्टा रहेको छ । जसमा स्कुटरको लागि डबल ब्याट्री स्पेस पनि छ । स्कुटर सँगै सिङ्गल ब्याट्री पनि आउँछ र ग्राहकले चाहेमा अर्को ब्याट्री थपेर माइलेज बढाउन सकनेछन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।