सानिमा लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

0
Shares

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SLI) ले अघिल्लो आर्थिक वर्ष २०७६।७७ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको चैत्र २९ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद गरी कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लाभांश पाउनेछन् ।

सानिमा लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई पहिलो पटक लाभांश वितरणको प्रस्ताव गरेको हो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।