भारतीय रुपैँया कमजोर भएसँगै भारतीय केन्द्रीय बैंकमा रहेको विदेशी मुद्रा सञ्चितिमा क्रमिक रुपमा गिरावट आएको छ । लगातार चार हप्तासम्म विदेशी मुद्रा घट्दै जाँदा करिब १२ अर्ब डलर सञ्चिति घटेको हो ।
११ अर्ब १७ करोड डलर विदेशी सञ्चिति घट्दा केन्द्रिय बैंकमा विदेशी मुद्रा सञ्चिति ६ खर्ब ६ अर्ब ४७ करोड ५० लाख डलर हुन पुगेको छ । रुस–युक्रेनबीच युद्ध सुरु भएपछि डलर बलियो भएको थियो भने भारु कमजोर हुँदै गएको थियो ।
यसका साथै अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भले औसत ब्याज दर वृद्धि गरी नियन्त्रित मौद्रिक नीति अवलम्बन गर्दा पनि भारतीय रिजर्भ बैंक(आरबीआई) मा विदेशी मुद्रा सञ्चिति घट्दै गएको हो ।
गत चार हप्तामा विदेशी सञ्चिति करिब २७ अर्ब डलरले घट्न पुगेको छ । रिजर्भ बैंकले दिएको तथ्यांक अनुसार मार्च २५ सम्म विदेशी मुद्रा सञ्चितिमा २ अर्ब ३ करोडले कमी आउँदा विदेशी सञ्चिति ६ अर्ब १७ करोड पुगेको थियो । भारु कमजोर हुँदै गएपछि रिजर्भ बैंकले भारु बलियो बनाउन ओपन मार्केटमा प्रवेश गरेको थियो ।
रुस–युक्रेन युद्ध सुरु भएपछि मौद्रिक बजारमा अस्थिरता कायम रहेको छ । विदेशी मुद्रा सञ्चितिमा कमी आउनुको कारण मुख्य मुद्रा सम्पत्तिमा कमी आउनु पनि रहेको छ । भारु बलियो बनाउने क्रममा आरबीआईको मुख्य मौद्रिक सम्पत्ति १० अर्ब डलर भन्दा धेरैले घटेको थियो । रुस–युक्रेन युद्धका कारण भारतको भुत्तानी सन्तुलन (बीओपी)को जोखिम पनि वृद्धि गरेको छ । डलर बलियो हुँदै जाँदा र अन्य करेन्सी जस्तै युरो, पाउन्ड, येन पनि कमजोर हुँदै जाँदा विदेशी मुद्रा सञ्चितिमा कमी आएको बारक्लेजले बताएको छ । यसैगरि सुनको सञ्चितिमा पनि ५० करोड भन्दा धेरैले गिरावट आएको छ ।
यसैगरि भारतीय रिजर्भ बैंकको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको विशेष रेखाचित्र अधिकार (एसडीआर) ५ करोड ८० लाख डलरले बढेर १ खर्ब ८८ अर्ब ७९ करोड डलर पुगेको तथ्याङ्कले देखाएको छ ।
डिसेम्बर महिनामा समाप्त हुने त्रैमासको तथ्यांक अनुसार कच्चा तेलको मूल्य वृद्धि भएसँगै भारतको बाह्य खाता–दुवै चालु र भुत्तानी सन्तुलन खातामा गिरावट आएको थियो । यसैगरी बाह्य सांगठनिक लगानीकर्ताहरुले लगानी नगर्दा पनि चालु खाता र भुत्तानी सन्तुलनमा कमी आएको बारक्लेज संस्थाका अर्थशास्त्रीहरुको भनाइ रहेको छ ।
व्यापार खाटामा कमी आएपछि भारतको चालु खाता घाटा नौ वर्ष यताकै कम हुन पुगेको छ । पुँजी प्रवाहमा कमी आइरहँदा चालु खाता घाटा स्थिर रहने छ । यसैगरी इन्धन तथा खाद्यान्नको मूल्य वृद्धि भएसँगै व्यापार घाटा र चालु खाता घाटा केही समयसम्मको लागि यथावत रहने बारक्लेजले जनाएको छ ।
व्यापार घाटामा आएको गिरावट चालु खाता घाटाको प्रमुख कारण बनेको छ । सन् २०२१ को तेस्रो त्रैमासमा व्यापार घाटा ४४.४ बिलियन डलरबाट बढेर ६०.४ बिलियन डलर पुगेपछि चालु खाता घाटा अझ चुलिएको हो । चौथो त्रैमासमा आयात सङ्ख्या वृद्धि भएको थियो । आयात सुरु भएसँगै निर्यात पनि सुरु भएको थियो तर निर्यात सङ्ख्या आयात सङख्या भन्दा कम रहेकोले र खाद्यान्न तथा इन्धनको मूल्य वृद्धि भएकोले अहिलेको व्यापार घाटा सन् २०२२ को पहिलो र दोस्रो त्रैमासमा पनि यथावत रहने विश्लेषकहरुको भनाइ रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया