कनेक्ट आईपिएसको नयाँ वर्ष नयाँ अफर, ११ जोडीलाई माउन्टेन फ्लाइटको टिकेट

0
Shares

नयाँ वर्षको अवसरमा बैशाख १ गतेबाट बैशाख ३१ गतेसम्म लागू हुने गरी कनेक्ट आईपिएसले नयाँ वर्ष नयाँ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आइपिएसमाअ नलाइन रजिष्टर गरी, कम्तिमा एउटा खाता लिन्क गरी सो खाता बैंकबाट भेरिफाई गराउँदा सोही खातामा रु.१०० पाउन सक्नेछन् ।

त्यसै गरी ११ जना लक्की विजेताले माउन्टेन फ्लाइटको कपल टिकेट जित्ने मौका पनि प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले कनेक्ट आइपिएस्को मोबाइल एप मार्फत रजिष्टर गरी आफ्नो खाता लिन्क गरी नजिकैको बैंक शाखाबाट वा अनलाइनबाटै आफै भेरीफाई गराउन सक्दछन् ।

पहिले नै युजर बनाएर पहिलो खाता लिङ्क र भेरिफाई गराउने बैंक ग्राहकले पनि सो अफर अन्तर्गत रु.१०० भेरिफाई गरिएको खातामा प्राप्त गर्न सक्दछन् । अफरको अन्त्यमा छानिएका ११ भाग्यशाली विजेताहरुको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।