काठमाण्डौं ट्रयास कलेक्सन रेस २०२२ को लागि कुमारी जब र मैनादेवी फाउन्डेसन बीच सहकार्य

0
Shares

कुमारी जब र मैनादेवी फाउन्डेसनबिच आगामी “काठमाण्डौं ट्रयास कलेक्सन रेस २०२२” को लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार कुमारी जब यस कार्यक्रमको आधिकारिक करियर पार्टनर रहेको छ ।

कुमारी जबका प्रबन्ध निर्देशक श्री. सन्देश भण्डारीले भने, “काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ को लागि सहकार्य गर्न पाउँदा हामी धेरै खुसी छौं ।”

उनका अनुसार वास्तवमा हामी सबैले यस्ता वातावरणीय समस्याहरू समाधान गर्न हातेमालो गर्नुपर्छ र युवाहरू यस्ता गतिविधिहरुको महत्वपूर्ण अंश हुन् । साथै नेपालको रोजगारी क्षेत्रलाई पनि यस्तै सचेत र क्रियाशील युवाहरुको खाँचो छ ।

भण्डारी आफैँ पनि युवा उद्यमी भएकोले समय–समयमा यस्ता साझेदारीहरु गरिरहनुपर्ने विश्वास राख्छन् ।

काठमाण्डौं ट्रयास कलेक्सन रेस २०२२ एक दिने कार्यक्रम हो जहाँ सहभागीहरूले ९० मिनेटमा ६ किलोमिटर दौडँदै फोहोर सङ्कलन गर्नुपर्ने हुन्छ । सहभागीहरूले दुई जनाको टोली बनाउनुपर्नेछ र तोकिएको समयभित्र सबैभन्दा बढी फोहोर सङ्कलन गर्ने ५ वटा टोलीलाई विजेता घोषणा गरिनेछ ।

सामाजिक कार्यकर्ता श्री. के. पी. खनाल भन्छन्, “यस सामाजिक कार्यमा हातेमालो गरेकोमा म कुमारी जबलाई धन्यवाद दिन चाहन्छु । एक सामाजिक कार्यकर्ताको हैसियतले हामी सबै मिलेर हाम्रो शहरलाई सफा राख्नुपर्छ भन्ने मेरो विश्वास छ र यसका लागि हामी सबै एकजुट हुनुपर्छ ।

यो रेसमा सबै जना सहभागी हुन सक्नेछन् र यसमा सहभागी हुन पे वेल एप मार्फत निःशुल्क रुपमा दर्ता गर्न सकिन्छ । यहि वैशाख १० गते शनिबार बिहान ७ बजे इम्पेरियल बिजनेस कलेज, हात्तीसारबाट शुरु हुने दौडका विजेताले ५० हजार नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।

नेपालको अग्रणी जब पोर्टल कुमारी जब यस्ता संस्थागत उत्तरदायित्व मुलक सामाजिक अभियानहरुमा सक्रिय रुपले सहभागी हुदै आएको छ र यो वर्ष काठमाण्डौं ट्रयास कलेक्सन रेस २०२२ सँगै अन्य थुप्रै गतिविधिहरु गर्दै जाने उद्धेश्य लिएको छ । मुख्यतया युवाहरु कार्यरत यस संस्थाका कर्मचारीहरु समाज र वातावरण प्रति सकारात्मक योगदान पु¥याउन प्रतिवद्ध छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।