आईएमई जनरल इन्स्योरेन्सको लाभांश पारित, चुक्ता पूँजी एक अर्ब ७० करोड पुग्ने

0
Shares

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४ औं वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकोे छ ।

बेनस सेयर जारी भएपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० पुग्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले २ अर्ब ५० करोड चुक्ता पुँजी र्पुयाउनुपर्नेछ ।

आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले एक अर्ब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरेकोमा आव ०७७/०८७ मा एक अर्ब ५२ करोड २१ लाख बीमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा ९ प्रतिशतले बीमा शुल्क वृद्धि हुँदा चालु आर्थिक वर्षको चैत्रसम्म एक अर्ब २८ करोड ६१ लाख बीमा शुल्क आर्जन गरिसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले काठमाडौं महानगरपालिका-३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना जग्गा खरिद गरेको छ । साधारण सभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयां सेवाहरु सहित छुटै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको बताए

कम्पनीले चैत्र मसान्तसम्ममा कूल १ अर्ब २८ करोड ६१ लाख बीमा शुल्क आर्जन गरेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।