चैतसम्म १९ बैंकको EPS घट्यो, राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै गिरावट

0
Shares

चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिना अवधि अर्थात चैत मसान्तसम्ममा अघिल्लो आवको यसै अवधिको तुलनामा १९ वाणिज्य बैंकको वार्षिक प्रतिसेयर आम्दानी घटेको छ । पूँजी वृद्धिको अनुपातमा नाफा बढ्न नसकेपछि अधिकांश वाणिज्य बैंकहरुको इपिएस घटेको हो ।

विसं २०७७ चैतमा वाणिज्य बैंकहरुको औषत वार्षिक प्रतिसेयर आम्दानी २१.०५ रुपैयाँ रहेकोमा एक वर्षमा २.०७ रुपैयाँले घटेर १८.९७ रुपैयाँमा झरेको हो । यस अवधिमा बैंकहरुले ९.९१ देखि ४१.४९ रुपैयाँसम्म इपिएस कायम गरेका छन् । २०७७ चैतमा बैंकहरुले ५.२९ देखि ४७.४७ रुपैयाँसम्म इपिएस कायम गरेका थिए । अघिल्लो आवको यसै अवधिको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुको सबैभन्दा कम हुने बैंकको इपिएसमा सुधार आएपछि धेरै हुने बैंकको इपिएसमा भने गिरावट आएको छ ।

वाणिज्य बैंकहरुको चुक्ता पूँजी ३ खर्ब ६२ अर्ब पुग्यो, जगेडा कोषमा २ खर्ब ३२ अर्ब सञ्चित

विसं २०७८ चैत मसान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंकको वार्षिक प्रतिसेयर आम्दानी सबैभन्दा धेरै १८.२५ रुपैयाँले घटेको छ । नबिल बैंक १२.२४ रुपैयाँ र नेपाल बंगलादेश बैंकको १०.२८ रुपैयाँले इपिएस घटेको छ ।

यसैगरी सानिमा, प्रभु , लक्ष्मी बैंकको ६ रुपैयाँ धेरै, नेपाल इन्भेष्टमेन्ट, कृषि विकास, बैंक अफ काठमाण्डूको ५ रुपैयाँ धेरै, प्राइम कमर्सियल, नेपाल बैंकको करिब ४ रुपैयाँ तथा सिद्धार्थ बैंक, हिमालयन, मेगा, एनएमबि, ग्लोबल आईएमई, एभरेष्ट र कुमारीको इपिएस १ रुपैयाँ बढी घटेको छ । सबैभन्दा कम घटेको सिटिजन्स बैंकको ०.६१ रुपैयाँले इपिएस घटेको छ ।

चैत मसान्तसम्मको वित्तीय विवरणका आधारमा वाणिज्य बैंकको चुक्ता पूँजी १३.६५ प्रतिशतले बढेर ३ खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ । यस अवधिमा बैंकहरुको खुद नाफा भने अघिल्लो चैतको तुलनामा ०.५४ प्रतिशतले बढेर ५१ अर्ब १ करोड ७८ लाख रुपैयाँ मात्र रहेको छ । चैतससम्म १२ बैंकको नाफा घटेका छभने १५ बैंकको बढेको छ । सेञ्चुरीले सर्वाधिक १८३ प्रतिशतले नाफा वृद्धि गर्दा लक्ष्मी बैंकको सर्वाधिक ३३ प्रतिशत बढीले नाफा घटेको छ ।

वाणिज्य  बैंकको वाषिक प्रतिसेयर आम्दानी (रूपैयाँमा)
नाम २०७८ चैत २०७७ चैत अन्तर
सेञ्चुरी कमर्सियल १४.१७ ५.२९ ८.८८
सिभिल १३.२८ ५.८१ ७.४७
एनआईसी एशिया ४१.९४ ३४.८७ ७.०७
नेपाल एसबिआई १७.६४ १२.३४ ५.३
स्ट्याण्डर्ड चार्टर्ड २३.०३ १८.४१ ४.६२
एनसीसी १७.८१ १४.२३ ३.५८
माछापुच्छ्रे २०.१७ १९.०१ १.१६
सनराइज १६.८३ १५.८८ ०.९५
सिटिजन्स १४.९३ १५.५४ -०.६१
कुमारी १६.३४ १७.३७ -१.०३
एभरेष्ट २१.४५ २२.६ -१.१५
ग्लोबल आईएमई २०.८८ २२.०५ -१.१७
एनएमबि १९.३५ २०.६४ -१.२९
मेगा १६.७७ १८.१९ -१.४२
हिमालयन १४.३१ १६.०६ -१.७५
सिद्धार्थ २२.३८ २५.२८ -२.९
नेपाल  २०.३ २३.८७ -३.५७
प्राइम कमर्सियल १९.४५ २३.३६ -३.९१
बैंक अफ काठमाण्डू १०.९३ १६.१४ -५.२१
कृषि विकास १६.७९ २२.१९ -५.४
नेपाल इन्भेष्टमेन्ट १८.०४ २३.४७ -५.४३
लक्ष्मी ९.९१ १६.०६ -६.१५
प्रभु १८.३९ २४.७९ -६.४
सानिमा १८.८७ २५.७३ -६.८६
नेपाल बंगलादेश १४.६९ २४.९७ -१०.२८
नबिल २४.३९ ३६.६३ -१२.२४
राष्ट्रिय वाणिज्य  २९.२२ ४७.४७ -१८.२५
औषत १८.९७ २१.०५ -२.०७

 

सञ्चालनमा रहेका २७ मध्ये ८ वाणिज्य बैंकको वार्षिक प्रतिसेयर आम्दानी मात्र अघिल्लो चैतको तुलनामा बढेको छ । समीक्षा अवधिमा सेञ्चुरी कमर्सियल बैंकको वार्षिक प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ८.८८ रुपैयाँले बढेको छ भने सिभिल बैंक र एनआईसी एशिया बैंकको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ बढीले वृद्धि भएको छ । विदेशी स्वामित्वको नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल क्रेडिट एण्ड कमर्स, माछापुच्छ्रे, र सनराइज बैंकले पनि वार्षिक प्रतिसेयर आम्दानी बढाएका छन् ।

तेस्रो त्रैमासमा १२ बैंकको नाफा घट्यो, चैतसम्म कुल ५१ अर्ब नाफा आर्जन

 

९ बैंकको इपिएस २० रुपैयाँ माथि, एनआईसी एशियाको सबैभन्दा धेरै

विसं २०७८ चैतसम्म बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणका आधारमा एनआईसी एशिया बैंकको इपिएस सबैभन्दा धेरै ४१.९४ रुपैयाँ रहेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी ७.०७ रुपैयाँले बढेको हो ।

यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकको २९.२२ रुपैयाँ, नबिल २४.३९, स्ट्याण्डर्ड चार्टर्ड २३.०३, सिद्धार्थ २२.३८, एभरेष्ट२१.४५, ग्लोबल आईएमई २०.८८, नेपाल बैंक २०.३० र माछापुच्छ्रे बैंकको इपिएस २०.१७ रुपैयाँ रहेको छ ।

यस अवधिमा प्राइम कमर्सियल बैंक, एनएमबि, सानिमा, प्रभु, नेपाल इन्भेष्टमेन्ट, एनसीसी, नेपाल एसबिआई, सनराइज, कृषि विकास, मेगा र कुमारी बैंकको वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँभन्दा धेरै २० रुपैयाँभन्दा कम छ ।

वाणिज्य  बैंकको वाषिक प्रतिसेयर आम्दानी (रूपैयाँमा)
नाम २०७८ चैत २०७७ चैत अन्तर
एनआईसी एशिया ४१.९४ ३४.८७ ७.०७
राष्ट्रिय वाणिज्य  २९.२२ ४७.४७ -१८.२५
नबिल २४.३९ ३६.६३ -१२.२४
स्ट्याण्डर्ड चार्टर्ड २३.०३ १८.४१ ४.६२
सिद्धार्थ २२.३८ २५.२८ -२.९०
एभरेष्ट २१.४५ २२.६ -१.१५
ग्लोबल आईएमई २०.८८ २२.०५ -१.१७
नेपाल  २०.३ २३.८७ -३.५७
माछापुच्छ्रे २०.१७ १९.०१ १.१६
प्राइम कमर्सियल १९.४५ २३.३६ -३.९१
एनएमबि १९.३५ २०.६४ -१.२९
सानिमा १८.८७ २५.७३ -६.८६
प्रभु १८.३९ २४.७९ -६.४०
नेपाल इन्भेष्टमेन्ट १८.०४ २३.४७ -५.४३
एनसीसी १७.८१ १४.२३ ३.५८
नेपाल एसबिआई १७.६४ १२.३४ ५.३०
सनराइज १६.८३ १५.८८ ०.९५
कृषि विकास १६.७९ २२.१९ -५.४
मेगा १६.७७ १८.१९ -१.४२
कुमारी १६.३४ १७.३७ -१.०३
सिटिजन्स १४.९३ १५.५४ -०.६१
नेपाल बंगलादेश १४.६९ २४.९७ -१०.२८
हिमालयन १४.३१ १६.०६ -१.७५
सेञ्चुरी कमर्सियल १४.१७ ५.२९ ८.८८
सिभिल १३.२८ ५.८१ ७.४७
बैंक अफ काठमाण्डू १०.९३ १६.१४ -५.२१
लक्ष्मी ९.९१ १६.०६ -६.१५
औषत १८.९७ २१.०५ -२.०७

 

यसैगरी सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल बंगलादेश, हिमालयन, सेञ्चुरी कमर्सियल, सिभिल र बैंक अफ काठमाण्डू दश रुपैयाँभन्दा बढी १५ रुपैयाँभन्दा कम छ । लक्ष्मी बैंकको इपिएस सबै वाणिज्य बैंकभन्दा कम छ ।

तेस्रो त्रैमाससम्म खुद नाफा सबैभन्दा धेरै घटेपछि लक्ष्मी बैंकको वार्षिक इपिएस पनि सोही अनुपातमा खुम्चिएको हो । तैतसम्म लक्ष्मी बैंकको वार्षिक इपिएस ९.९१ रुपैयाँ मात्र रहेको छ । २०७७ चैतमा १६.०६ रुपैयाँ रहेको बैंकको इपिएस ६.१५ रुपैयाँले घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।