प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित, चुक्ता पूँजी १ अर्ब १८ करोड कायम

0
Shares

निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं वार्षिक साधारण सभा बैशाख ११ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ ।

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको बीसौं वार्षिक साधारण सभाबाट ७५ बोनस शेयर र ०.३६८ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव पनि सर्व सम्मतिबाट पारित भएको छ ।

साविक १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० साठी चुक्ता पूँजीबाट बोनश शेयर शेयर पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १८ करोड ८१ लाख ४४ हजार ८ सय १९ हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।