कुमारी बैंकका नवनियुक्त प्रमुख कार्यकारी रामचन्द्र खनालले सम्हाले कार्यभार


कुमारी बैंकका नयवनियुक्त प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बुधबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । बैंक संचालक समितिको बैंठकले खनाललाई बुधबारदेखि नै लागू हुने गरी प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

सञ्चालक समितिको निर्णय अनुसार खनालले बुधबारदेखि आफ्नो कार्यभार सम्हालेका हुन् । यस अघि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेको खनाललाई बैंक सञ्चालक समितिको बैठकले आगामी ४ बर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको कार्यकाल सकिए पछि कायम मुकायम प्रमुख कार्यकारी रहेका अनुजमणि तिमिल्सिना र डेपुटी सीइओ मनिष तिमिल्सिना स्वेच्छिक अवकास लिएर बाहिरिएका थिए । झण्डै १ वर्ष प्रमुख कार्यकारी विहीन रहेको बैंकबाट तिमिल्सिना बाहिरिए पछि खनालले कायममुकायम प्रमुख कार्यकारीको जिम्मेवारी पाएका थिए ।

बैंकिङ क्षेत्रमा दशक बढी समयको अनुभव बटुलेका खनाल एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत भईसकेका छन् । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका खनालले एनआईसी एसिया बैंक तथा सिद्धार्थ बैंक लगायत संस्थामा काम गरिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।