डिशहोम फाईवरनेटको नयाँ अफर-५० एमबीपीएस को इन्टरनेट प्याकेज ६९९ रुपैयाँमा


डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि ६९९ प्रति महिना पर्ने ५० एमबीपीएसको इन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।

मासिक ६९९ रुपैयाँ, त्रैमासिक २ हजार ९७, अर्ध वार्षिक ४ हजार १९४ र वार्षिक ८ हजार ३८८ रूपैयाँ पर्ने प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि उपलब्ध हुने डिशहोमले जनाएको छ ।

साथै एक वर्षको प्याकेज जडान गर्ने ग्राहकहरुले यो राउटर सित्तैमा पाउने विज्ञप्तिमा उल्लेख छ ।

डिशहोम फाईवरनेट जडान गर्नको लागि फोन तथा विभिन्न माध्यमका साथै नजिकैको डिलर दाईकहाँ सम्पर्क गर्न सकिने डिशहोमले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।