आइतबारको सेयर कारोबार शुक्रबार होला कि नहोला ?


सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर कारोबारको अवधिमा पनि के होला भन्ने चासो आम लगानीकर्तामा परेको छ । यद्यपी यस सम्बन्धमा औपचारिक रुपमा कुनै निर्णय भएको छैन ।

सरकाले ३ सातापछि देखि परीक्षणका रुपमा आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै उक्त समयमा सेयर बजार ३ दिन बन्द हुने देखिएको हो ।

यता बजारमा लगानीकर्ताहरु भने आइतबार विदा हुने भएपछि शुक्रबार सेयर कारोबार गराउनुपर्ने बताउन थालेका छन् । यद्यपी यस सम्बन्धमा नेप्सेले अन्तिम निर्णय गर्नुपर्ने र सार्वजनिक विदाको निर्णय कार्यान्वायनमा झण्डै ३ साता समय बाँकी रहेकाले तत्कालै यस सम्बन्धमा छलफल तथा निर्णय नभएको हो ।

जेठ १ गते आइतबारदेखि मात्र सार्वजनिक विदा हुने भएकाले उक्त साताको अन्त्यमा मात्र शुक्रबारदेखि कारोबार गराउने निर्णय नेप्सेले गर्न सक्छ । यसका लागि अझै ३ साता समय छ । तर, आइतबारको सार्वजनिक विदा परिक्षणका रुपमा मात्र कार्यान्वायन गर्न लागिएका कारण नेप्सेले सोही निर्णयका आधारमा बजार सञ्चालनका सम्बन्धमा नयाँ निर्णय नगर्न सक्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।