फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा


भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् ।

फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागु हुनेगरि सापकोटालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

यस अघि सापकोटा फोनपेमा सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम सुरु गरेका थिए । त्य अघि उनी नेपाल क्लियरिङ्क हाउसमा आबद्ध थिए ।

एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गर्नुभएका सापकोटासँग डिजिटल भुक्तानी र आइटी क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव छ ।

आइटी देखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पुर्याउने विश्वास कम्पनीले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।