एशियन लाइफको व्यतित बीमालेख पुनरजागरण गर्नेलाई शतप्रतिशत व्याज छुट


एशियन लाइफले व्यतित भएका बीमा पोलिसी व्यतित गर्ने बीमितहरुलाई शतप्रतिशतसम्म व्याज छुट दिने भएको छ ।

बीमा कम्पनीले २०७७ बैशाख १५ गतेभन्दा पहिले व्यतित भएका बीमालेखरु २०७९ बैशाख १५ देखि जेठ १२ गते भित्रमा पुनर्जागरण गर्ने बिमितहरुलाई २५ प्रतिशतदेखि शतप्रतिशत व्याज छुट दिने भएको हो ।

कम्पनीका अनुसार २०८१ बैशाख १५ गतेभन्दा अगाडी परिपक्व हुने बीमालेख पुनर्जागरण गर्दा बिमितले व्याजमा २५ प्रतिशत छुट पाउने छन् ।

त्यसैगरी २०८१ बैशाख १५ देखि २०८४ बैशाख १५ सम्ममा परिपक्व हुने बीमालेखमा ५० प्रतिशत र २०८४ बैशाख १५ गतेभन्दा पछि परिपक्व हुने बीमालेखमा शतप्रतिशत व्याज छुट पाइने इन्स्योरेन्सले जनाएको छ ।

विविध कारणले बीमालेख रकम भुक्तान नगरेका बिमितहरुलाई व्याज छुट लिएर बीमालेख पुनर्जागरण गर्न नजिकको शाखा कार्यालय वा एजेन्टहरुलाई सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।