बिहीबार दिउँसो साढे ३ बजेसम्म १ लाख ५३ हजार उम्मेदवारले गरे मनोनयन दर्ता


यही बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा विभिन्न पदमा १ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार बैशाख १५ गते बिहीबार दिउँसो ३ः३० बजेसम्ममा उक्त संख्याका उम्मेदवारहरुको मनोनयन दर्ता भएको हो ।

जसमा ७५३ स्थानीय तहको प्रमुख पदमा ३ हजार ५१० जना उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ भने अध्यक्ष पदमा ३ हजार ३८७ जनाको मनोनयन दर्ता भएको छ , त्यसै गरि उपप्रमुखमा २ हजार १६८ र उपाध्यक्षमा २ हजार ४०१ जनाको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

वडाअध्यक्षमा ३५ हजार ३५३ जनाको मनोनयन दर्ता भएको छ भने २६ हजार ५३२ जना महिला सदस्य, २३ हजार ९३१ जना दलित महिला सदस्य र ५५ हजार ७२० जना सदस्यहरुको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार बिहीबार साँझसम्ममा ७२ जिल्लाका लागि कुल १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ भने ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी भईसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।