सिराहामा कामना सेवा विकास बैंकको शाखा रहित बैंकिङ सेवा सञ्चालनमा


कामना सेवा विकास बैंकले सिराहाको लक्ष्मीपुर ४ मा शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको छ ।

देशका विभिन्न स्थानहरुमा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको बैंकले जनाएको छ । सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गा.पा. वडा नंं ०४ स्थित बिना रेमिटेन्स (बिना मण्डल) लाई शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने विश्वास बैंकले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।