चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादनको ४१.५ प्रतिशत आयात भएको छ । यो गत आर्थिक वर्षको तुलनामा करिब ३ प्रतिशत विन्दुले धेरै हो । तर, कुल ग्राहस्थ उत्पादनमा कृषिको क्षेत्रको योगदान भने निरनतर घट्दै गएको छ ।
गत आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादनको ३८.६ प्रतिशत आयात भएको थियो । गत आर्थिक वर्षको परिमार्जित कुल ग्राहस्थ उतपादन ४४ खर्ब ७७ अर्ब रहेको थियो । तर, चालु आवको कुल ग्राहस्थ उत्पादन भने ४८ खर्ब ५२ अर्ब रहने अनुमान केन्द्रिय तथ्याङक विभाले जनाएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षमा २० खर्ब भन्दा धेरैको आयात हुने अनुमान छ । तर, पछिल्लो समयमा सरकारले आयातमा गरेको नियन्त्रणले त्यसमा केही असर गर्न सक्ने विभागले जनाएको छ । कोरोना महामारी, अन्तराष्ट्रिय गतिविधि तथा सरकारले आयातमा गरेको कडाईलाई हेरेर चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ५.८ प्रतिशत पुग्ने केन्द्रीय तथ्याङक विभागले अनुमान गरेको छ । सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धि ७.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यसैगरी अन्तराष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्षको आर्थिक वृद्धि ४.१ प्रतिशतमा सिमित हुने अनुमान गरेको छ ।
अन्तराष्ट्रिय संस्था एसियन डेभलमेन्ट बैंक, अन्तराष्ट्रिय मुद कोष तथा विश्व बैंकले प्रक्षेपण गर्दा हाम्रो निर्वाह मूखी उत्पादनलाइ नहेर्ने तथा अन्तराष्ट्रिय आर्थिक गतिविधिलाई पनि आधार बनाउने भएकाले प्रक्षेपण फरक पर्ने गरेको योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले बताए । नेपाली अर्थतन्त्रमा पुर्णतया मौद्रिकीकरण नभएकाले विश्व आर्थिक गतिविधिको दवाव नपर्ने उनले बताए । आन्तरिक उत्पादनले दैनिक जिवन निवार्हमा सहयोग गर्दै आएको हुनाले अर्थतन्त्र पुर्ण रुपमा मौद्रिकीकरण नभएको उनको बुझाइ छ ।
“केन्द्रिय तथ्याङक विभागले गरेको आर्थिक वृद्धिको प्रक्षेपण अन्तराष्ट्रिय संस्थाहरुसंग मेल नखाएकोमा निवार्ह मूखी अर्थतन्त्रलाइ पनि मध्यनजर गरिएकाले हो,” उनले भने,“ विभागले प्रक्षेपण गरेको चालु आवको आर्थिक वृद्धिमा अनौपचारिक क्षेत्रको रोजगारी कमै गुमेको हुनाले यसबाट हुने योगदानमा कमी आएका देखिदैन ।”
त्यसका साथै कतिपयलाई बैंक मार्फत सहुलियत पनि उपलब्ध गराएको हुनाले त्यसको असर कम देखिनमा सहयोग गरेको उनको भनाइ छ । समाजको एउटा वर्ग समुहले आफुलाइ अनुकुल हुने खालको तथ्याङक तयार गर्न दवाव दिन खोज्ने भएपनि रोजगारी गुमेर महंगीमा निर्वाह गर्नै कठिनाई भएको पक्षलाई पनि न्याय गर्नु पर्ने हुन्छ । त्यसलाइ सम्बोधन आगामी आर्थिक वर्षको बजेटले गर्ला । त्यसले पनि आर्थिक गतिविधि बढाउन मद्दत गर्ने भण्डारीको तर्क छ ।
कुल ग्राहस्थ उत्पादनमा चालु आवमा सेवा क्षेत्रको योगदान बढेर ६२ प्रतिशत पुगेको छ । द्धितिय क्षेत्रको रुपमा रहेको औधोगिक सेक्टर स्थिर छ । प्रारम्भिक क्षेत्र भनेर चिनिएको कृषि खानि तथा उत्खनन् घटेर २४.५ प्रतिशतमा झरेको छ । चालु आवमा अप्पर तामाकोसीको जलविद्युत आयोजनाले उत्पादन सुरु गरेपछि अर्थतन्त्रमा सकारात्मक प्रभावमा परेको छ । अप्पर तामाकोसीको उत्पादन सुरु भएकाले ग्यास तथा विद्युत क्षेत्रको वृद्धि ३६ प्रतिशतले बढेको छ ।
विभागले चालु आर्थिक वषृको करिब २० खर्ब रुपैयाँ बरावरको आयात हुने अनुमान गरेको छ । यो अवधित्रमा ३ खर्ब ३० अर्ब रुपैयाँ बरावरको निर्यात हने विभागले जनाएको छ । खर्चको दृष्टिकोणबाट कुल ग्राहस्थ उत्पादन ४५ खर्ब १६ अर्ब बराबरको कुल ग्राहस्थ उत्पादन रहने अनुमान छ । कुल ग्राहस्थ उत्पादनका आधारमा प्रति व्यक्ति आय एक हजार ३ सय ७२ अमेरिकी डलर पुगेको छ । गत आर्थिक वर्षको यस्तो आय एक हजार २ सय ३९ अमेरिकी डलर मात्र थियो ।
नेपालको कुल ग्राहस्थ उत्पादन ४८ खर्ब ५२ अर्ब रुपैयाँ बरावरको सहदै गर्दा ४५ खर्ब रुपैयाँ बरावरको उपभोग हुने अनुमान विभागको रहेको छ । यो भनेको कुल ग्राहस्थ उत्पादनको करिब ९० प्रतिशत उपभोग भएको देखिन्छ । चालु आर्थिक वर्षको खुद नेसनल सेभिङ ३१.९ प्रतिशत रहेको छ । यो तुलनात्मक रुपमा राम्रो मानिने विभागले जनाएको छ ।
हामीले कुल ग्राहस्थ उत्पादनको ६.६ प्रतिशत मात्र निर्यायत गर्छौ । तर, ४१.५ प्रतिशत आयात गर्छौ । चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादनको तुलना रेमिट्यान्स आप्रबाह ३ प्रतिशतको विन्दुले घटेको छ । चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादको तुलनामा १९.५ प्रतिशत हुने भिागको अनुमा छ । गत आर्थिक वर्षमा यस्तो प्रतिशत २२.५ प्रतिशत थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया