हकप्रद र लिलामीमा बिकेन समृद्धि फाइनान्सको संस्थापक शेयर, साधारणको कटअफ २०५


समृद्धि फाइनान्सले हकप्रद शेयर निष्काशन गर्दा संस्थापकतर्फको बिक्री नभएको झण्डै साढे ९ लाख कित्ता शेयर लिलामीमा पनि बिक्री हुन सकेन ।

फाइनान्सले हकप्रदमा बिक्री नभएको ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक शेयर लिलामीमा राखेकोमा जम्मा ९४ हजार ७०० कित्ता शेयर मात्र बिक्री भएको हो । उक्त शेयरको कटअफ मूल्य १०१ रुपैंया कायम भएको फाइनान्सको शेयर बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटले जनाएको छ ।

फाइनान्सले बैशाख १४ गते खालेको लिलामीको बोलपत्रका आधारमा अझै ७ लाख ७२ हजार ६६६ कित्ता शेयर बिक्री नभएको हो ।

फाइनान्सले २०७८ फागुन ८ देखि २९ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । उक्त निष्काशनमा बिक्री नभएको ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक र ७३ हजार १०० साधारण गरि ९ लाख ४० हजार ४६६ कित्ता शेयर गत चैत २९ देखि बैशाख ७ गतेसम्म लिलामीमा राखेको थियो । हकप्रद र लिलामीमा नै बिक्री नभएको उक्त संस्थापक शेयर अब पटक पटक लिलामीमा राखेर बिक्री गर्नु पर्ने अवस्था बनेको छ ।

साधारणतर्फको ७३ हजार १०० कित्ता शेयर भने २०५ रुपैंयामा लगानीकर्ताले सकारेका छन् ।

लिलामी शेयरमा आवेदन दिएका तर शेयर नपाएका लगानीकर्ताको रकम सम्बन्धित लगानीकर्ताको बैंक खातामा बैशाख २१ गतेदेखि फिर्ता गरिने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।