अन्नपूर्ण केवलकारमा यात्रुका लागि निःशुल्क बस


पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुका लागि निशुल्क बस सेवा सञ्चालन गरेको छ ।

बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो ।

केवलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।

केवलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४:२५ मा फिस्टेल गेट, ४:३० मा आम्बोट गेट, ४:३५ मा गौरीघाट, ४:४० मा बाराही चोक, ४:४५ मा सेन्टर पोइन्ट र ४:५० मा हल्लन चोकबाट केबलकार स्टेशनसम्म पुग्ने बस सञ्चालन हुनेछ ।

केवलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्नका लागि यस्तो सेवा दिएको हो । सराङकोटको डाँडाबाट माछापुच्छ्रेलगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेर्न चाहने पर्यटकको लागि यो सुविधा प्रदान गर्न लागिएको अन्नपूर्ण केवल कारले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।