वालेटमा पैसा ‘लोड’ गर्दा कारण खुलाउनु पर्ने, वालेट खाता खोल्दा ग्राहक पहिचान विवरण अनिवार्य


नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारलाई थप कडा गरेको छ । वालेट मार्फत गैरकानुनी कारोबार बढेपछि केन्द्रीय बैंकले क्रेडिट कार्ड तथा वालेट कारोबारलाई कडाई गरेको हो ।

राष्ट्र बैंकले बैंक खाता वा क्रेडिट कार्ड मार्फत वालेटमा पैसा लोड गर्दा कारण खुलाउनु पर्ने व्यवस्था गरेको छ । त्यसैगरी वालेट खाता खोल्दा पनि विद्युतीय ग्राहक पहिचान विवरणको व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले क्रेडिट कार्डबाट कारोबार गर्दा अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशत मात्र नगद झिक्न पाउने व्यवस्था गरेको छ । त्यसैगरी क्रेडिट कार्डमार्फत् वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लािग मात्रै प्रयोग गर्न पाइने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

वालेटमा लोड गरेको रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था गर्न समेत केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई निर्देशन दिएको छ ।

विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्न व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी केन्द्रीय बैंकले विद्युतीय वालेट खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा पेश गरेको विवरण गलत भए काुनन बमोजीमको कारबाहीका लागि भागिदार हुनेछु भन्ने व्यहोराको विद्युतीय स्व घोषण गर्न लगाउनु पर्ने व्यवस्था गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।