विदेशी विनिमय सञ्चितिमा परेको दवाबलाई मात्र लिएर नेपाली अर्थतन्त्रलाई श्रीलंकासंग तुलना गर्न नमिल्ने विज्ञहरुले बताएका छन् । उनीहरुले श्रीलंकामा शासकको मैमत्ता कारण आर्थिक संकट उत्पन्न भएको बताएका हुन ।
तथ्याङकका आधारमा पनि नेपालको आजको अवस्था श्रीलंकाको सन १९७४ मा थियो । हाल श्रीलंकाको सार्वजनिक ऋण कुल ग्राहस्थ उत्पादनको करिब १२० प्रतिशत रहेको छ । त्यसमा पनि विदेशी ऋण करिब ६० प्रतिशत रहेको छ । तर, नेपालको सन्दर्भमा त्यस्तो कर्जा कुल ग्राहस्थ उत्पादनको ४३ प्रतिशत रहेको छ । यसमा पनि विदेशी ऋण करिब २६ प्रतिशत मात्र रहेको छ ।
योजना आयोगका पुर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले श्रीलंकाको जस्तो समस्या हाम्रो हुँदै नभएको बताए । उनले नेपालमा देखिएका नीतिगत कच्चापनका कुराहरु भने श्रीलंकासंग मेल खाने बताए । “श्रीलंका भनेर हाउगुजी देखाउनु पर्ने नै छैन्,” उनले भने,“थाती राखिएका संरचनागत सुधारका योजनालाई श्रीलंकाको अवस्थाबाट अलिकती उपदेश लिन मिल्छ ।” अतिरन्जनाबाट बच्ने तर सुधारका कुराहरुलाई अभ्यासमा ल्याउनु पर्ने समेत डा. वाग्लेले बताए ।
“श्रीलंकाको जस्तो तिर्न नसकिने ऋण र पुर्न नसकिने शोधनान्तर घाटाको अवस्था नेपालको छैन्” उनले भने,“श्रीलंकासंग प्रयोग गर्न मिल्ने विदेशी सञ्चिति जम्मा ५ मिलियन डलर छ ।यो भनेको टाटै पल्टने अवस्था हो ।” नेपालसंग त्यस्तो सञ्चिति ९.७६ विलियन डलर रहेको छ । श्रीलंकामा शोधनान्तर घाटा र सोभरियन डेट खप्टिएर समस्या आएको हो । नेपालको सन्दर्भमा यो लागु नहुने समेत उनले जानकारी दिए ।
श्रीलंकामा अर्थतन्त्रको अवस्था अहिलेको स्थितीमा पु¥याउन विगतमा जे जस्ता गलत अभ्यास भए त्यो नेपालमा पनि देखिने गरेको उनको भनाई छ । “हठातमा निर्णय गर्ने परिपाटी हामीकहा पनि केही हदसम्म देखिन्छ,” वाग्लेले भने,“हामीकहाँ संकट आएको छैन । हामीकहाँ सभोरेन बरोइन सुन्य छ । त्यसैले नीति निर्माताले सोचेर निर्णय गर्नु पर्ने देखिन्छ ।”
अर्थमन्त्रीका आर्थिक सल्लाहाकार डा. सुरेन्द्र उप्रेतिले चालु आर्थिक वर्षको सुरुवात देखिन नै हाम्रो अर्थतन्त्र पुनरुत्थानको हिसावले चलयमान देखिएको बताए । “पुनरउत्थान संगै केही दवाव पनि परेको हो,” उनले भने, “पर्यटन क्षेत्र पनि पछिल्लो समयमा द्रुत गतिमा पुनरउत्थान हुन थालेको छ, उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा केही दवाव परेको देखिए पनि यो पहिलो पटक भएको होइन ।”
उच्च आयातका कारण बाह्य प्रणालीमा परेको केही दवावलाई नियन्त्रण गर्ने उपायहरुको अबलम्बन गरिसकिएको बताउदै डा. उप्रेतिले केन्द्रीय तथ्याङक विभागले प्रक्षेपण गरेको ५.८ प्रतिशत भन्दा धेरै आर्थिक वृद्धि हुने दावी गरे । “आगामी दिनमा मूल्य वृद्धि केही बढ्ने सम्भावना छ,” उनले भने,“त्यसको कारण अन्तरिक भन्दा पनि बाह्य हो ।” कोरोना महामारीपछिको विश्व भरी नै मूल्य वृद्धि भएका कारण त्यसको असर नेपालमा पनि पर्ने उनले बताए ।
कुल ग्र्राहस्थ उत्पादनमा सबैभन्दा धेरै योगदान गर्ने कृषि क्षेत्र विगत ४० वर्ष देखि निरन्तर घट्दो क्रममा छ । चालु आवको ९ महिनामा मात्र ३ खर्ब भन्दा धेरैको कृषि उत्पादन आयात गरेको अवस्था छ । निजी क्षेत्रमा प्रबाह भएको कर्जाले आर्थतन्त्रलाई नै चलायमान बनाउने बताउँदै अर्थतन्त्र नै आयातमा आधारित भएको हुनाले आयात बढेको पनि उनको जिकीर छ । त्यतीमात्र नभई राजस्व पनि आयातमा नै निर्भर भएको हुनाले केही समस्या देखिएको हुनाले त्यसको बिकल्प भनेको उत्पादनमा आधारीत अर्थतन्त्र विकास गर्नु नै रहेको उनको बुझाइ छ ।
त्यसैगरी विश्व बैंककी वरिष्ठ अर्थशास्त्री एलिस जोन ब्रुक्सले विदेशी विनिमय सञ्चितिमा मात्र आएको गिरावाटलाइ लिएर आत्तिहल्नु नपर्ने बताइन । उनले विदेशी विनिमय सञ्चितिमा परेको दबाव अल्पकालिन हो वा दिर्घकालिन त्यसलाई विचार गर्नुपर्ने बताउँदै अहिलको अवस्थामा ब्याजदर बढाएर मूद्रास्फीति नियन्त्रण गर्न सकिने सुझाइन ।
बैंकर भुवन दाहालले पनि नेपालको अवस्था श्रीलंकाको जस्तो नभएको बताउँदै अनेक हल्ला फैलाउएर त्रास बढाउने काम गर्न नहुने बताए । त्यसैगरी उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाको जिम्मेवारी निजी क्षेत्रले नलिने बताए । उनले नेपालको अवस्था श्रीलंकासंग तुलनामा गरेर झनै समस्या जटील बनाउन खोजिएको उनको भनाई थियो।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया