यूनियन लाइफको साधारणसभा सम्पन्न, अध्यक्षमा शुलभ अग्रवाल चयन

0
Shares

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण सभा आज भैरहवामा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७६/७७ को बार्षिक साधारण सभाले महत्वपूर्ण निर्णयहरु गरेको छ । सो साधारण सभाले कम्पनीको नयाँ संचालक चयन गरेको छ ।

सभाले कम्पनीको संस्थापक समूह तर्फ शुलभ अग्रवाल, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल, सिमा गोल्छा र सर्वसाधारण समूह तर्फ सिताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको हो । निर्वाचित संचालकहरुको आजै बसेको संचालक समितिको बैठकले संचालक शुलभ अग्रवाललाई अध्यक्षमा चयन गरेको छ ।

यसैगरी सो साधारण सभाले संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ती सर्वसम्मत रुपमा गरेको छ ।यस्तै सभाले प्रमुख कार्यकारी अधिकृत र स्वतन्त्र विज्ञ संचालकको नियुक्ति भएको बिषयलाई सर्वसम्मतीले अनुमोदन गरेको छ । त्यस्तै बीमा समितिले तोकेको समय भित्र ५ अर्ब चुक्ता पूँजी पुर्याउन अन्य जीवन बीमा कम्पनी बिच एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ती गर्ने एक्विजिशन गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिएको छ ।

बीमा समितिले २०७९ चैत्र मसान्त भित्र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पु¥याउन निर्देशन दिएको थियो । कम्पनी मर्जरको लागि बिस्तृत लेखा परीक्षण ९डिडिए० गर्नका लागि मुल्यांककर्ता नियुक्त गर्ने प्रयोजनको लागि पनि सभाले संचालक समितिलाई अख्तियारी दिएको छ ।

उक्त बार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष शुलभ अग्रवालले मन्तब्य राख्दै आगामी दिनमा कम्पनीको कामकारवाही तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाई कम्पनीको ब्यवसाय विस्तार गर्ने र शेयरधनीहरुको चाहना अनुसार कार्यसम्पादन स्तर उच्च स्तरमा बृद्धि गर्ने बताए । यसैगरी संचालक संदिप कुमार अग्रवालले शेयरधनीहरुलाई उच्च प्रतिफल प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए । यस्तै प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले आगामी दिनमा कम्पनीको कामकारवाहीलाई प्रभावकारी बनाई नयाँ उचाईमा पुयाउने जानकारी गराए ।

संचालक समितिको अध्यक्ष शुलभ अग्रवालको अध्यक्षता भएको सभाको संचालन कम्पनी सचिव ईश्वर कुमार सेडाईले गरेका थिए । भने कम्पनीको उच्च व्यस्थापनबाट उप प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल, कम्पनीको लुम्बिनी प्रदेशका प्रादेशिक प्रमुख लगायत अन्य शेयरधनीहरुको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २३ वैशाख २०७९, शुक्रबार  १७ : ०७ बजे