अर्बन फुडको पहिलो रिटेल आउटलेट ‘अर्बन मार्ट’ थापाथलीमा 

0
Shares

अर्बन फूडले काठमाडौंको थापाथलीस्थित ब्लू स्टार कम्प्लेक्समा रिटेल आउटलेट ‘अर्बन मार्ट’ सुरु गरेको छ।

सन् २०१२ देखि सुरु भएको कम्पनीले पहिलो रिटेल आउटलेट खोलेको हो।

अर्बन फुड काठमाडौंमा रहेको एक मासु प्रशोधन गर्ने कम्पनी हो। यसले ग्राहकहरुलाई ससेज, सलामी, बेकन, ह्याम, मःम, कोल्ड कट्स, मीट पार्टस, क्यान्ड फुड, कफी बिन्स लगायत उत्पादनहरु प्रदान गर्दै आएको छ।

अर्बन फूडका गुणस्तरीय उत्पादनहरुले एक दशकदेखि ग्राहकहरुको मन जित्दै आएको कम्पनीको दाबी छ।

ती उत्पादन भाटभटेनी, बिग मार्ट, सेल्सबेरी र नेपालभरका अन्य डिपार्टमेन्ट स्टोरहरु जस्ता प्रमुख खुद्रा विक्रेता पसलहरुमा सहज रुपमा उपलब्ध रहेको अर्बन फुडले जनाएको छ।

अर्बन फुडका प्रमुख कार्यकारी अधिकृत आयुष राजभण्डारीले पहिलो आउटलेट उद्घाटनको दिन प्रशोधित उत्पादनहरुमा ३० प्रतिशत छुट दिएको जानकारी दिए। राजभण्डारीले १३ मेसम्म २५ प्रतिशतसम्म छुट रहेको बताए।

नयाँ अर्बन मार्टमा पर्याप्त पार्किङ सुविधा भएकाले वाक–इन ग्राहकहरुका साथै अनलाइन बिक्रेता, होटल र रेष्टुरेन्टहरुलाई पनि सहज हुनेछ जनाएको छ। मार्टको पछाडि अर्बन फडको २० टन क्षमताको सिट कोल्ड रुम र त्यहीमाथि अर्बन फुडकै केन्द्रीय कार्यालय रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।