सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क १३ प्रतिशत बढ्यो, नाफामा सामान्य वृद्धि

0
Shares

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड (SIL) ले चालु आवको तेस्रो त्रैमासिक अवधीसम्ममा ८३ करोड ६६ लाख २८ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।

गत आवको यसै अवधिमा १७ करोड १७ लाख ४९ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेकोमा १२.७९ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सिद्धार्थको खुद नाफा १.९९ प्रतिशतले बढेको छ ।

कम्पनीले १७ करोड ३४ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १७ करोड ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको बीमा कोषको आकार १८.५८ प्रतिशतले बढेर १ अर्ब ९ करोड ४५ लाख ८ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा बीमा कोषमा ९२ करोड २९ लाख ९३ हजार रुपैयाँ सञ्चित रहेको थियो । कम्पनीको जगेडा कोष ३५.४३ प्रतिशतले घटेर २५ करोड ३९ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको चैत मसान्तसम्म आइपुग्दा वार्षिक प्रतिसेयर आम्दानी १७.९६ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २११.३२ रुपैयाँ र मूल्य आम्दानी अनुपात छ ।

कम्पनीले चालु आवको ९ महिना अवधिमा ५१ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गर्दा कम्पनीको कुल दाबी भुक्तानी ७५ करोड ६० लाख रुपैयाँ रहेको छ । कम्पनीले ७ हजार ३८९ वटा दाबी वापत भुक्तानी गरेको हो । यस अवधिसम्ममा ८ हजार ७६१ वटा दाबी वापत १ अर्ब ६४ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यस्तै कम्पनीले पुनर्बीमा पावत ३० करोड ८२ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ७ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले यस अवधिमा एक लाख ४७ हजार १७४ वटा बीमालेख जारी गरी २ अर्ब ५० लाख ३० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।