नेपाल क्रेडिट एण्ड कमर्स बैंकको वित्तीय साक्षरता कार्यक्रम


नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तगत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । चौतारा सागाचोकगढी ७, सानो सिरुवारी स्थित सिद्घिगणेश माध्यमिक बिध्यालय परिसरमा साक्षरता कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैंकमा खाता खोली जम्मा गर्नु पर्ने, ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको ब्यवसाय गर्न बैंकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, बीत्तीय साक्षरतामा नेपाल राष्ट्र बैकको योगदानका साथै धितोपत्र, सम्पत्ति शुद्दीकरण र बिद्युतीय कारोबार सम्बन्धी जानकारीका सम्बन्धमा नेपाल राष्ट्र बैंकका भुपु कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले प्रस्तुती दिएका थिए ।

दोस्रो सत्रमा सोही बैंकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले बैंकको इतिहास बताउदै वित्तीय साक्षरमा तर्फ अग्रसर बन्न आग्रह गर्दै बैंकले दिइरहेको सेवा सुविधा सम्बन्धी जानकारी दिएका थिए ।

सय जना भन्दा बढीको उपस्थिति रहेको साक्षरता कार्यक्रममा महिलाहरुको सहभागिता उल्लेख्य रहेको विज्ञप्तिमा उल्लेख छ । सहभागिहरुले वित्तीय साक्षरता सम्बन्धी बचत, ऋण, बिमा, शेयर लगायत थुप्रै कुरामा जानकारी दिएकोमा खुशी व्यक्त गरेका थिए ।

एनसीसी बैंकले ७ प्रदेशका १३९ शाखा १४ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम वुथहरुमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।