महेन्द्रनगरमा डिशहोम फाईवरनेटको अर्को सोरुम


डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट सोरुमको उद्घ्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन जेनिशा मोबाइल एण्ड ईलेक्ट्रोनिक सेन्टरले गर्नेछ ।

सोरुम उद्घाटन, डिशहोमका तर्फवाट निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल , सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्ट उपस्थित थिए ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको जेनिशा मोबाइल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अब डिशहोम फाईवरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।