एलआईसी नेपालको सेयर संरचना परिमार्जन, संस्थापक सेयर स्वामित्व घट्यो

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको सेयर संरचना परिमार्जन भएको छ । कम्पनीको संस्थापकचतर्फको सेयर सर्वसाधारण सेयरमा परिमार्जन भएको हो ।

कम्पनीको २६ लाख ५३ हजार २०० कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिमार्जन भएको हो ।

पछिल्लाे परिमार्जनसँगै कम्पनीमा ७० प्रतिशत संस्थापक र सर्वसाधारणतर्फको सेयर स्वामित्व ३० प्रतिशत कायम भएको छ ।

एलआईसी नेपालको फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको सो सभाले आर्थिक वर्ष २०७६–७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको २१.०५ प्रतिशत लाभांश पनि पारित गरेको थियो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।