राष्ट्रिय परिचयपत्रको विबरण दर्ता १ साताका लागि स्थगित


बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका कारण राष्ट्रिय परिचयपत्रको विबरण दर्ता एक साताका लागि स्थगित भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहको निर्वाचनमा विभागका कर्मचारी समेत खटाउनु परेको भन्दै २०७९ बैशाख २८ गतेदेखि २०७९ जेठ २ गतेसम्म राष्ट्रिय परिचयपत्रको विबरण दर्ताको काम नहुने जनाएको हो ।

साविकको राहदानी विभागस्थित नारायणहिटी दरबार परिसर, राष्ट्रिय सभागृह र विभागको परिसरमा रहेका स्टेसनहरुबाट राष्ट्रिय परिचयपत्रको वैयक्तिक तथा जैविक विबरण संकलनको काम जेठ २ गते पछि मात्र सुचारु हुने विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।