बैंक अफ काठमाण्डका ग्राहकलाई होटल एशियातिक बिराटनगरमा छुट


बैंक अफ काठमाण्डू लिमिटेड र होटल एशियातिक बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड पीओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ ।

बैंकका ग्राहकले होटलको बिल भुक्तानी गर्दा बैंकका उल्लेखिम माध्यम प्रयोग गर्दा २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ ।

छुटको उपयोग गर्नको लागि ग्राहकले बैंक अफ काठमाण्डूको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

होटल एशियातिक्वले एयरपोर्ट रोड, बिराटनगरबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डूले लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।